बंगलादेशबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

२४ असार, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक ग्यातुकी कोजीले बंगलादेशबिरुद्धको आसन्न दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि २१ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

हाल प्रशिक्षणमा रहेका २९ खेलाडीमध्येबाट २१ जनाको अन्तिम छनौट गरिएको एन्फाले जानकारी दिएको छ । नेपालले बंगलादेशसँग आगामी असार ३१ र साउन २ गते ढाकामा दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्दैछ ।

यो खेल आगामी नोभेम्बर २ देखि १५ सम्म हुने एएफसी सोलिडारिटी कपको तयारीको रुपमा खेल्न लागिएको हो ।

शुक्रबार घोषणा गरिएको अन्तिम छनौटमा ३ गोलकिपर, ९ डिफेण्डर, ५ मिडफिल्डर र ४ स्ट्राइकर छन् । टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर छन् । टोलीको कप्तानीको जिम्मेबारी यसपटक स्ट्राइकर अनिल गुरुङलाई दिइएको छ । बिराज महर्जन उपकप्तान छन् ।

शुक्रबार घोषणा गरिएको नेपाली टोलीका सदस्यहरुमाः

गोलकिपरः किरण कुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ

डिफेण्डरः बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजबंशी, आदित्य चौधरी, जीतेन्द्र कार्की, देभेन्द्र तामाङ, रविन श्रेष्ठ, रञ्जित धिमाल र मानबहादुर तामाङ

मिडफिल्डरः सुजल श्रेष्ठ, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र सुमन लामा

स्ट्राइकरः नवयुग श्रेष्ठ, भरत खवास, रञ्जन विष्ट र कप्तान अनिल गुरुङ