
पप गायक दीपक बज्राचार्यले आफ्ना गीतबाट दर्शकलाई नचाएका छन् । बिहिबार दिउँसो भक्तपुरको साँगा स्थित काठमाडौ फन भ्याली स्विमिङ सेन्टरले दिउँसो आयोजना गरेको ‘दिपक बज्राचार्य कन्सर्ट’ मा उनले आफ्ना गीतबाट दर्शकलाई करिब दुई घन्टा डान्स गराए ।
कार्यक्रममा युवा युवती देखि अग्रज पुस्ता समेत उनको गीतमा नाचेका थिए । सो क्रममा स्विमिङ गर्दै पाँच सय भन्दा बढी दर्शकलेे दीपकलाई नाचेर साथ दिए ।
सुरुको चर्को घर र त्यसपछिको सिमसिमे पानीमा दर्शकले बज्राचार्यको गीतमा स्विमिङ डास्न गरेर साथ दिएका थिए । बज्राचार्यले ‘जब फर्केर आउने छैन, म कुनै ऋतु हैन’ बोलको गीत प्रस्तुत गरे, माहोल परिवर्तन भएको थियो । उनले ओ अमिरा गीत गाउँदा दर्शकबाट वान्स मोरको अफर आयो र फेरि गाएका थिए । उनले आफ्ना चर्चित दर्जन बढी गीत गाएका थिए ।
आफ्नो अगाडी स्विमिङ सुटमा सजिएर पोखरी भित्र नाचेका दर्शक देखेपछि गायक बज्राचार्यले भने-‘जीवनमा धेरै कन्सर्ट गरिसकें, तर यसरि स्विमिङ ड्रेसमा यती धेरै दर्शकलाई आफ्नो गीतबाट मैले नचाएको यो पहिलो अबसर हो ।’