म्याग्दीका मुस्लिम समुदायले मनाए इद उल फित्र पर्व (फोटो फिचर)

 

म्याग्दीको सदरमुकाम आसपासका क्षेत्रमा बासोबास गर्ने मुस्लिम समुदायले इदउल फित्र पर्व मनाएका छन् । विहिबार पर्वतबेनीमा रहेको मस्जिदमा विषेश नमाज पाठ गरी ठूलोबडाबाट आर्शीवाद लिएर इद उल फित्र पर्व मनाएको म्याग्दी मुस्लिम समाज सेवा समितिका अध्यक्ष रहमद खाँ ले बताए ।
‘यो हाम्रो महत्वपुर्ण पर्व हो । सबै एकै ठाउँमा नमाज पाठ गरी विश्वशान्तीको कामना गर्दछौ’ उनले भने ।

मुस्लिम समुदायको नाम लिएर विश्वभर भइरहेको आतंकवादी गतिविधिमा सच्चा मुस्मिल समुदायको सहभागिता नरहेको समेत अगुवाहरूको भनाई छ । अवरी पात्रो अनुसार दसौं महिनाको पहिलो दिन खुसीपूर्वक शरीरको दान गरेर गरिबलाई बाँडिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको मुस्लिम अगुवा अन्जित खाँले बताए । उनका अनुसार नवौ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोली इद उल फित्र मनाउने गरिन्छ । नेपालमा बुधबार चन्द्रमा देखिने भएकाले बिहिबार इद उल फित्र पर्व मनाइएको हो । मुस्लिम समुदायमा धनी र गरिव विचको असमानताको अन्त्यका रुपमा समेत यो पर्वलाई लिने गरिएको धर्मगुरु महमद जलालुदीनले बताए ।

पर्वमा प्रत्येक ब्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्दछन् । इद उल फितरको बिहान सुर्योदय अघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख (ओजु )धोएर फजर नमाज पढिन्छ । मुस्मिल धर्मालम्बीहरुले बर्षमा दुईपटक बकर इद र इन उल फितरमा विषेश नमाज पढ्छन् । म्याग्दीको सदरमुकाम बेनीमा बाईसेचौविसे राज्य हुदाँ हतियार, जडिबुटी सहितको काम गर्न दरवारमा मुस्लिमहरू गरेको बताइन्छ।

बेनी नगरपालिकको सिंगा गाविसमा केही घर मुस्मिलको श्रमबाट समेत निर्मित भएका छन भने धौलागिरि माविको संस्थापकमा समेत कुरान बक्स नामक मुस्लिम अगुवाको समेत योगदान रहेको म्याग्दी मुस्मिल समाजले जनाएको छ । ब्यापार र रोजगारका लागि म्याग्दीमा भित्रिएका मुस्मिलले जिल्लामै ब्यवसाय गदैं विभिन्न संघसंस्थामा समेत प्रतिनिधित्व गरिरहेका छन् । करिव ३० घरधुरीमा २५० जनाको हाराहारीमा मुस्मिल समुदायको बसोबास रहेको देखिन्छ । मुस्मिल समुदायले इस्लम, उर्दु अरवी, फारसी भाषा बोल्छन् ।