
बागलुङ, ३ असार । बागलुङमा मध्यपहाडी लोकमार्गमा बुधबार बोलेरो जीप र जीप एकापसमा ठोक्किदा ५ जना घाईते भएका छन् ।
बागलुङ बजारबाट बुर्तिबाङ जाँदै गरेको लु १ ज २७३९ नम्बरको फोर्टस जिप र विपरित दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ नगरपालिका–३ रातमाटामा एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
दुर्घटनामा बुर्तिबाङ जाँदे गरेको लु १ ज २७३९ नम्बर जीपमा सवार १४ जना मध्य ५ जना घाइते भएको प्रनाउ त्वातीले जानकारी दिनुभयो । उहाँका अनुसार निसीखोला गाउँपालिका–४ की १६ वर्षीया रेनु विक, १७ वषीया लक्ष्मी सुनार, निसीखोला गाउँपालिका–४ की १७ वर्षीया दिलमाया रसाइली, निसीखोला गाउँपालिका–३ का १५ वर्षीय हिमाल शाही ठकुरी र १७ वर्षीया लक्ष्मी विक घाईते भएका छ्न् ।
घाईतेहरुको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ । घाईतेहरुको शरीरको विभिन्न भागसहित, चिउडो, आँखा, हात र मुखमा चोट लागेको छ ।
फोटो क्याप्सनः बागलुङ नगरपालिका–३ रात्माटामा एकआपसमा ठोक्किएका दुई जिप । तस्विरः अर्जुन कार्की









