जनकल्याण माविको व्यवस्थापन समिति अध्यक्षमा किसान चयन

बागलुङ, ५ जेठ । जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा भीम बहादुर किसान चयन हुनुभएको छ ।

आईतबार भएको भिभावकहरुको भेलाले किसानको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक सुशिल गौतमले बताउनुभयो ।

व्यवस्थापन समितिको सदस्यमा चन्द्र बहादुर थापा, सम्झना बोहोरा, सीता थापा शर्मा, वडाध्यक्ष विद्यापति शर्मा र सदस्य सचिवमा प्रधानाध्यापक सुशिल गौतम रहेका छन् । शिक्षक प्रतिनिधी शिक्षकहरुबाट छनौट गरिने प्रअ गौतमले जानकारी दिए ।