जेनजी आन्दोलनमा फरार भएका प्रतिवादी बागलुङमा पक्राउ

बागलुङ, ५ जेठ । जेनजी आन्दोलनमा फरार भएका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

चोरी मुद्धामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका बागलुङ नगरपालिका–७ का ३४ वर्षीय मिठु किसान भन्ने सुरेश किसान जेनजी आन्दोलनमा फरार भएका थिए । उनलाई गत शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरिक्षक याम नारायण अर्यालले बताउनुभयो । किसानलाई २०८० असोज २ गते बागलुङ जिल्ला अदालतले चोरी मुद्धामा ३ वर्ष १ महिना कैद र ३० हजार रुपियाँ फैसला गरेको थियो ।

जेनजी आन्दोलनमा फरार भएका किसान पुनः चोरी मुद्धामै पक्राउ परेका हुन् । जिप्रका बागलुङका सूचना अधिकारी प्रनि अर्यालले गत शुक्रबार बागलुङ नगरपालिका–२ शिवधारा चोक स्थित खड्क बहादुर खत्रीको पसलबाट सामसुङ कम्पनीको मोडेल क्ः(ब्ज्ञटटउरम्क् मोबाईल चोरी गरि मागेको कसुरमा पुनः पक्राउ गरिएको हो ।

पक्राउ परेका किसानलाई जिल्ला सोमबार जिल्ला अदालत बागलुङबाट चोरी कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी अर्यालले बताउनुभयो ।