
काठमाडौं, १९ चैत । पेट्रोलियम पदार्थको भाउ बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँ वृद्धि गरिएको जनाएको छ ।
मूल्य वृद्धिपछि विभिन्न वर्गअनुसार पेट्रोलको मूल्य अधिकतम करिब २०२ रुपैयाँ प्रतिलिटर र डिजेलरमट्टितेलको मूल्य करिब १८२ रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।
पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोल, डिजेल तथा एलपी ग्यासमा १३ अर्ब २१ करोड घाटा कायम रहेको निगमले बताएको छ ।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्दै असहज परिस्थितिमा सहयोग गर्न आह्वान पनि गरेको छ ।








