
सुजन रेग्मी
बागलुङ, ११ चैत । बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ ।
कालिका भगवती मन्दिर प्राङ्गणमा मंगलबारदेखि सुरु भएको मेला चैत १४ गते सम्म संचालन हुनेछ ।
बाग्लुङ कालिका भगवती गुठी व्यवस्था समितिको आयोजनामा सुरु भएको मेलाको मंगलबार उद्घाटन गर्दै गुठी सस्थानका अध्यक्ष रमेश पोखरेलले चैत्राष्टमीमा कालिका भगवती मन्दिर दर्शन र मेला भर्ने कार्य वर्षौदेखि चलिआएकोले यसलाई निरन्तरता दिइनु राम्रो कार्य भएको बताउनुभयो ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ, कालिका भगवती गुठी व्यवस्थापिका समितिका सल्लाहकार मनकुमारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बागलुङ भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काको अध्यक्षता तथा स्वागत मन्तव्यमा सम्पन्न भएको उद्घाटन समारोहको संचालन पत्रकारद्वय तारानाथ आचार्य र सिर्जना पन्तले गर्नुभएको थियो ।








