बागलुङमा जीपले ठक्कर दिँदा बालक गम्भीर घाईते

बागलुङ, २७ भदौ । बागलुङमा बोलेरो जीपले ठक्कर दिँदा एक बालक गम्भीर घाईते भएका छन् ।

बागलुङ नगरपालिका ३ चिप्लेटी बसपार्कमा शुक्रबार दिउँसो ध १ च १२७६ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा सोही स्थानका २ वर्षीय बालक गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिका–३ गुठीदेखि चिप्लेटी बसपार्क जाँदा गर्दा जीपले बालकलाई ठक्कर दिएका जिप्रका बागलुङले जनायो । घाईते बालकको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा प्राथमिक उपचारपछि पोखरा रिफर गरिएको छ ।

जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।