
काठेखोला गाउँपालिका जिल्लाका अन्य गाउँपालिकाको तुलना सदरमुकाम बागलुङ बजारबाट भौगोलिक हिसाबले नजिकको गाउँपालिका हो । नेपालको संविधान जारी भएपछि कार्यान्वयनमा आएको संघीयतासँगै गठन भएको गाउँपालिकाले पूर्वाधार विकास र मानव विकासमा आफ्ना कार्यक्रमहरू केन्द्रित गरेको छ । गाउँपालिकाले अन्तरसरकारी वित्तीय हस्तान्तरण र आन्तरिक स्रोतको अधिकतम प्रयोग मार्फत पालिकालाई समृद्ध बनाउने अभियानमा छ । गाउँपालिकाले हरेक वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि आफ्नै बजेट बनाएर कार्यान्वयन गर्यो । गाउँपालिकामा विकास निर्माणको अवस्था कस्तो छ ? गाउँसभाबाट विनियोजन भएका कार्यक्रम कार्यान्वयन के कसरी भइरहेको छ । विनियोजित कार्यक्रमहरूको प्रगति कस्तो छ ? यहाँका कर्मचारी के कार्यक्रम कार्यान्वयन गर्न पर्याप्त छन् ? यी र यस्तै विषयमा जननिगरानी साप्ताहिकको वार्षिकोत्सव विशेषाङ्कका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीसँग हामीले लामो संवाद गरेका छौँ । प्रस्तुत छ जननिगरानी डक्सले गरेको संवाद ।
१) के गर्दै छ, काठेखोला गाउँपालिका ?
– काठेखोला गाउँपालिका बार्षिक स्वीकृत कार्यक्रमअनुसार विकास निर्माण लगायतका सम्पूर्ण काम नियमित रूपमा सञ्चालन गरिरहेको छौँ । यस सँगै, दैनिक रुपमा नागरिकहरूसँग प्रत्यक्ष सरोकार राख्ने प्रशासनिक सेवा तथा अन्य सबै कार्यहरू पनि प्रभावकारी ढंगले अघि बढाइएका छन् ।
२) चालु आर्थिक वर्षका विनियोजित कार्यक्रमहरुलाई समिक्षा गर्दा यहाँले आफ्नो कामलाई कसरी समिक्षा गर्नुहुन्छ ?
– काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा निकै उत्कृष्ट ढंगले कार्यक्रम सञ्चालन गर्न सफल भएको छ । हालसम्मको अवस्थालाई हेर्दा, आर्थिक वर्ष २०८१÷८२ का लागि कुल ५८ करोड ७७ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको थियो । त्यसको आधारमा हालसम्म ८८.११ प्रतिशत बजेट निकासा भइसकेको छ, जुन निकै सन्तोषजनक हो ।
खर्चको विवरण हेर्ने हो भने, चालु खर्च ६८ प्रतिशत, पूँजीगत खर्च ६६.८३ प्रतिशत, र कुल बजेटको सन्दर्भमा ६७.७ प्रतिशतभन्दा बढी रकम खर्च भइसकेको छ । यसलाई हेर्दा म सन्तुष्ट छु । किनभने अहिलेको समयमा धेरै स्थानीय तहहरू पूँजीगत खर्चमा पछि परिरहेका अवस्थामा हामीले देखाएको यो प्रगति निकै सकारात्मक हो । चालु खर्च अपेक्षाकृत माथि गएको र पूँजीगत खर्च पनि सन्तोषजनक रूपमा अगाडि बढिरहेको देखिन्छ ।
३) अझै पनि झण्डै ३४ प्रतिशत त पुँजिगत खर्च गर्न बाँकी छ, हैन र ?
– हो, पूँजीगत खर्चको सन्दर्भमा हेर्दा हाल झण्डै ३४ प्रतिशत खर्च गर्न बाँकी देखिन्छ । तर, पूँजीगत खर्च ९० प्रतिशत पु¥याउनु भनेको राज्यको दृष्टिमा निकै उत्कृष्ट मानिन्छ । अहिले बाँकी रहेको ३४ प्रतिशत खर्च पनि आगामी केही दिनभित्र–असार २५ गते १२ बजेसम्म योजना सम्पन्न भएकाहरुको खर्च गर्न सकिन्छ ।
राज्यले पूँजीगत खर्च ८० प्रतिशत खर्च गरेकालाई उत्कृष्ट मान्ने गरेको छ । काठेखोला गाउँपालिकाको वित्तीय खर्च र कार्य सम्पादनको अवस्था अहिले निकै सन्तोषजनक छ भन्ने मलाई लाग्छ ।
४) कस्तो प्रकारका कार्यक्रम कार्यान्वयन गर्न र समयमै काम सक्न सहज हुने रहेछ ?
– कार्यान्वयनका दृष्टिकोणले हेर्दा साना टुक्रे योजनाहरुको तुलनामा ठूला ठेक्काका योजनाहरु प्रभावकारी हुन्छन् । काठेखोलामा १, २ वटा पुराना क्रमागत योजनाहरु पनि बाँकी छन्, जसको प्रगति ८० प्रतिशतसम्म पुगेको छ ।
त्यसका अतिरिक्त, दैनिक रुपमा जनतासँग पत्यक्ष सरोकार भएका कार्यक्रमहरु, उनीहरुलाई जनचेतनामूलक कार्यक्रमहरु पनि आवश्यकता हुनेहुँदा त्यसलाई हाम्रो कर्मचारी टोलीले सहज वातावरणमा प्रभावकारी रुपमा अगाडी बढाइरहनु भएको छ । कर्मचारीहरूमार्फत शाखागत रूपमा जिम्मेवारी बाँडफाँड भएकाले सबै योजना र कार्यक्रमहरू समयमै अगाडि बढ्न सकिरहेका छन् । यसले कार्य सम्पादनलाई झनै सहज भएको छ ।
५) काम गर्दा उपभोक्ता समिति मार्फत गर्ने कामहरु कार्यान्वयन गराउन सहज हुन्छ वा निर्माण व्यवसायी मार्फत गराउने कामहरु सजिलो हुने रहेछ ?
– राज्यको पोलिसी के हो भने– निर्माण व्यवसायि मार्फत कार्यक्रमहरु संचालन गर्दा निर्माण व्यवसायिले त्यसमा अंकहरु प्रतिस्पर्धा हुने भएको हुनाले केही कममा घटेर योजनाहरु हुन्छन् । यसलाई एकै चोटी भन्दा तैले काम गरेनस भनेर नियमन गर्न अल्ली बढी सजिलो हुन्छ । तरपनि उपभोक्ता समिति मार्फत पनि अहिले सिस्टम बसेको छ । उनीहरुको योजना संचालन गर्दा उहाँहरुले १० प्रतिशत आफ्नो जनश्रमदान गर्नुपर्छ । कुल लागतको गर्ने हुँदा उहाँहरु सिस्टममा आइसक्नुभएको छ । जति कामहरु हामीले गछौं ति सवै कामहरु उनीहरुसँग सिस्टम बसिसक्यो । सफ्टवयरमा मार्फत सम्झौता हुन्छ । सफेटवयरमा सवै कागजपत्रहरु बनाउँछौं र भुक्तानी दिन्छौं । त्यो हिसावले पनि काठेखोला गाउँपालिकाको हकमा त्यस्तो अवस्था रहेको छैन ।
६) कुनै स्थानीय तहमा जनश्रमदान जुटाउन नसक्दा कार्यक्रम गर्न नसक्दा बजेट फ्रिज भएको सुन्नमा आएको छ । काठेखोलामा खरिद ऐनले व्यवस्था गरेको जनश्रमदान कसरी जुटाउनुभएको छ ?
– काठेखोला गाउँपालिकाको हकमा त्यस्तो अवस्था छैन । जनश्रमदान उहाँहरुलाई लामो प्रयास पछि राख्यौं । उहाँहरुलाई तपाईहरुले १० प्रतिशत जनश्रमदान (लगानी) गर्नुपर्छ र त्यो लगानी गरेको योजना तथा कार्यक्रमहरु तपाईहरुले त्यसमा + गरेर गर्नुपर्छ भनिसकेपछि उहाँहरु ढुक्क सँग आएर त्यो कामको सम्झौता गर्नुहुन्छ । यदि कहिलेकाँही कामहरु कम भएमा उहाँहरुको जनश्रमदान कति कम भयो त ? त्यसलाई हामीले रकममा रुपान्तरण गछौं र काठेखोला गाउँपालिकाबाट लैजानुपर्ने अनुदानहरु पनि त्यसमा घटाएर दिने गछौं । उहाँहरुले घटेमा स्वीकार गरेर जानुहुन्छ ।
७) काठेखोलाले पूर्वाधार र सामाजिक विकासको क्षेत्रमा कसरी काम गरिरहेको छ ?
– काठेखोला गाउँपालिकाको पूर्वाधारको अवस्थालाई हेर्दा अहिलेको प्रगति राम्रो अवस्थामा र सकरात्मक ढंगले अगाडी बढिरहेको छ । मैले यसरी भनि रहँदा वडागत रुपमा यो वर्ष पनि हामीले खर्च गर्नुपर्ने पूँजीगतको पैसा संघिय सरकारबाट आउने समानिकरण अनुदान र गण्डकी प्रदेश सरकारबाट आउने समानिकरण योजना हो । त्यसलाई हेर्नेहो भने वडाले नै योजना बनाउँछ । वडा मार्फत नै वडामा पुगेर हामीले सम्झौता गछौं र सम्झौता पछि नागरिकहरुले काम गर्ने गर्नुहुन्छ । त्यसको अलवा काठेखोला गाउँपालिकाले पूर्वाधारको क्षेत्रमा गरेको मुख्य कुरा के हो भन्दा प्रत्येक वर्ष दुई वटा गौरवका योजनाहरु अन्तरगत ५० लाखको योजना बन्ने गर्छ । त्यो ५० लाखका योजनाहरु पनि हामीले सम्पन्नको चरणमा पु¥याएका छौं । उहाँहरु त्यसबाट सन्तुष्ट हुनुहुन्छ । एउटा ५० लाखको योजना हुँदा देखिने खालको हुन्छ ।
त्यसको अवाला काठेखोला गाउँपालिकाले वडागत रुपमा वडालाई दिएको बजेट सिलिङ्ग बाहेक छुट्टै पालिकाले १० लाख बजेट थप गरिदिन्छ । वडामा गएको बजेटमा १० लाख थप्दिएपछि २० लाखका सवै आठ वटै वडामा काम गर्ने गर्दछ । ति कामहरु मार्फत कतिपय वडाका जनप्रतिनिधिहरुले गौरवका योजनामा त्यो १० लाख थप गरेर ठूलो लागतमा टेन्डर गरेर काम सम्पन्न गरेका छौं । त्यो हिसावले भौतिक पूर्वाधारको क्षेत्रमा राम्रो भएको छ । मैले २०७६/०७७ मा सूचना प्रकाशन भएको र २०७७/०७८ देखि काम गरेको योजना अहिले काठेखोला गाउँपालिका वडा नं. ७ को रेशलाई हेर्नेहो भने १८ मिटर पक्की सडक निर्माण गरिसकेका छौं । त्यस्तै संघिय सरकारको कार्यक्रम अन्तरगत गतवर्ष २०८०/०८१ मा सम्झौता भएको योजना अक्षेते–सुल्डाडा–लेखानीको सडकको प्रगति ७० प्रतिशत पुगेको छ । त्यो त्रिवर्षिय योजना हो । र गण्डकी प्रदेश सरकारको समपुरक योजना काभ्रे–धिमी–पाला सडक निर्माण सम्पन्न भएको छ । त्यस्तै गौरवको योजना अन्तरगतको भीमापोखराको समपुरकको ५० लाख र थप २० लाख गरी ७० लाखको सडक निर्माणको सम्झौता सम्पन्न भइ भुक्तानी दिइसकेका छौं । काठेखोला वडा नं. ५ मा कार्यालय व्यवस्थापन देखि अन्य व्यवस्थापनको कामलाई पुरा गरिसकेका छौं । यसरी सरसर्ती हेर्दा काठेखोला गाउँपालिका भित्रको ढलान गरिएको सडक धेरै छ । गाउँपालिकाको विच बाटो राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्ग जान्छ । उक्त लोकमार्गको केही भाग कालोपत्रे गर्न बाँकी छ । तर गाउँपालिकाको संचालन गरेका अन्य सडकहरु धेरै ढलान गरिएकोले राम्रो छ ।
यसको अतिरिक्त हामी गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय अन्तरगत धेरै सडकहरुमा लगानी गरेको छ । त्यो अवस्थाले हेर्दा भौतिक पूर्वाधारको क्षेत्रमा काठेखोला गाउँपालिका अगाडी गैरहेको छ । त्यति मात्र होइन अहिले पनि तंग्राम जाने एउटा पक्की पुल पहिले बनि सकेको थियो भने अहिले अर्को पक्की पुल ढलान सम्पन्न भइसकेको छ । रेश जाने एक्लेफाँडको पक्की पुल पनि सम्पन्न भएर संचालनमा आएको छ । यसरी हेर्दा काठेखोला गाउँपालिकाका असजिला ठाउँमा पक्की पुल निर्माण भइसकेका छन् । काठेखोला गाउँपालिका वडा नं. २ र ४ जोड्ने सडकमा पुल बनेपछि अहिले पक्की सडक निर्माणको लागि पूर्वाधार विकास कार्यालयले ठेक्काको आव्हान गरिसकेको छ । पूर्वाधारको क्षेत्रमा काठेखोला अगाडी बढेको छ ।
गाउँपालिकाले त्रिवर्षिय योजना अन्तरगत रेशमा अस्पताल मोडलमा स्वास्थ्य अस्पतालको भवन आगामी आर्थिक वर्षको कार्तिक सम्म म्याद रहेकोमा सम्पन्न भइसकेको छ । यस वर्ष हामीले केही बजेट दिनुपर्नेमा संघिय सरकारले पठाउन बाँकी रहेको हुनाले अन्तिम किस्ता दिन बाँकी छ । विहुँको आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको छ । यही चरणमा काठेखोला गाउँपालिका वडा नं. ४ को स्वास्थ्य मन्त्रालय अन्तरगतको पछि बजेट थप गरेर स्वास्थय चौकी भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । लेखानी स्वास्थ्य चौकीमा थप बजेट ल्याएर थप भवनको व्यवस्थापन गर्ने काम भइरहेको छ ।
(भिडियो )
८) स्वास्थ्य, शिक्षामा गाउँपालिकाले ध्यान दिएर लगानी गरेको देखिन्छ । यसको उपलब्धी कसरी मुल्यांकन गर्नुभएको छ ?
– स्वास्थ्य क्षेत्रलाई हेर्दा पहिलेको सात वडा वडा र एक वटा वडा विभाजन भएर आएको थियो । स्वास्थ्यका सात वडा राम्रो भवनहरु छन् । सेवा प्रवाह त्यहाँबाट राम्रोसँग भइरहेको छ । पाँच नम्बर वडा विहुँकोटलाई विभाजन गरेर दुई वटा वडा गराउँदा पाँच नम्बरमा आधारभूत सामुदायिक स्वास्थ्य स्थापना गरेका छौं । त्यसबाट सेवा प्रवाह भइरहेको छ । स्वास्थ्यमा दरबन्दी अनुसारका स्थायी कर्मचारी हुनुहुन्छ । सेवा राम्रोसँग प्रवाह भएको छ । स्वास्थ्यमा आज कति जनाले सेवा लिए भनेर गाउँपालिकाबाटै प्रविधिको माध्यमबाट हेर्ना सकिन्छ । हामीसँग सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । स्वास्थ्य इकाईमा करारका कर्मचारी राखेर काम गरिरहेका छौं ।
शिक्षाको क्षेत्रमा हामीले यहाँका ४९ वटा समुदायिक विद्यालय र दुई वटा विद्यालयहरु गतवर्ष विद्यार्थीसँग कम भएकोले ४७ वटा विद्यालय गराएका छौं । अहिले ३४२ जना शिक्षकहरुको दरबन्दी छ । दरबन्दी भएपनि विद्यार्थीसँग गाउँपालिकाको मात्र होइन नेपालकै समस्या भएकोले गाउँपालिकामा कम रहेको छ । यसर्लाइ हामीले भर्ना अभियान संचालन गर्नु अगाडी कति विद्यालयलाई मर्ज गरेर संचालन गर्न सकिन्छ भनेर उपाध्यक्षको नेतृत्वमा समिति गठन गरेका थियौं । अहिले शिक्षकहरुको आन्दोलनको कारणले भर्ना अभियान ढिला भएकोले अहिले पनि हामीले व्यवस्थापन गर्न इमेसमा डाटा मागेका छौं । असार पहिलो हप्ता पठाउन अन्तरक्रिया कार्यक्रम गरिरहेका छौं । हामीले मर्जको प्रक्रियामा लैजाने तयारी गरेका छौं ।
९) कति सहज छ विद्यालयलाई स्थगन गर्न र मर्ज गर्न ?
– विद्यालयलाई मज गर्न जटिल विषय हो । यो समुदयसँग जोडिएको विषय हो । हामीले दुई, तीन जना विद्यार्थी मात्र राखेर विद्यालय संचालन गराउनुपर्छ भन्ने सोचेका छैनौं । ति विद्यार्थीहरुलाइृ नजिकैको विद्यालयमा लैजाने सोचेका छौं ।
हामीले मापदण्ड बनाएका छौं । कम्तीमा एउटा विद्यालयमा १२ जना विद्यार्थी भएमा १–३ विद्यालय चलाओस् । यस्तै १–५ चलेको विद्यालयमा एउटा कक्षामा कम्तीमा ५ जना विद्यार्थीका दरले होस् । ६–८ मा ६ जना विद्यार्थीको दर हुनुपर्छ भन्ने मापदण्ड धेरै छलफल पछि बनाएका छौं । त्यसमा विद्यालयका शिक्षक र वडाअध्यक्ष सँगको सहकार्यमा मनाउने प्रयास भइरहेको छ । यसलाई हामीले सुरु गर्दा समुदायसँग जोडिने हुँदा राजनीति पनि प्रत्यक्ष रुपमा जोडिने भएकाले सोझै अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा जनप्रतिनिधिहरुलाई केही समस्या हुन्छकी भनेर तत्काल मर्ज गर्दा अफ्ठ्यारो अवस्था हुँदो रहेछ । समुदायबाट आउने र आइसकेपछि विद्यालयको अवस्था यस्तो भयो र मर्ज गरिदियो भनेर समाज, अन्य राजनीतिक दलहरुले केही भन्छन्की ? राजनीतिक इष्यु हुनुसक्छ की भन्ने हिसावले समस्या भएको छ ?
१०) यहाँहरु र कार्यालय सुचना प्रविधिमा कति अपडेट हुनुहुन्छ ? सेवाग्राही सेवा लिन आउँदा यहाँहरुले सूचना प्रविधिको कतिको प्रयोग गर्नुहुन्छ ?
– सूचना प्रविधिको कुरामा मैले माथि पनि भनिसकेको छु । हामीले एउटा विरामीले कति बेला परीक्षण गर्यो भनेर पालिका भवनमै बसेर हेर्ना सक्छौं । उपाध्यक्ष ज्यू सूचना प्रविधिमा अझ बढी अपडेट हुनुहुन्छ । उहाँले आफ्नो कार्यकक्षमा आउनुभयो भने वेबसाइड खोलेर हेर्ना सक्नुहुन्छ । स्वास्थ्य संस्थामा कति जनाले परिक्षण गरे भनेर हेर्न सक्नुहुन्छ ।
सूचना प्रविधिको विकास सवै क्षेत्रमा गरेका छौं । योजना सम्झौता गर्दा, रकम भुक्तानी दिँदा प्रविधिको प्रयोग गरेका छौं । हामीले दर्ता चलानी पनि सफ्टवयर मार्फत गछौं, हरेक कुराहरु हामीसँग प्रविधिको विकास गरेका छौं । यही हिसावले सूचना प्रविधिको क्षेत्रमा हामीसँग सवै कामहरु त्यसैबाट हुने गर्छ र राजश्व कुनै कर लिँदा पनि सफ्वयरको प्रयोग गछौं । सफ्वयर प्रयोग गरेपछि आज कुन वडाले कति राजश्व संकलन गर्यो त, पालिकाले कति आम्दानी गर्यो भनेर यही बसेर हेर्न र थाहा पाउन सक्छौं । आज यति आम्दानी भयो, यति निकासा भयो, यति खर्च भयो, यति बाँकी छ, यो शिर्षकमा यति खर्च भयो भन्ने सफ्टवयरको प्रयोगले थाहा पाउन सक्छौं । त्यसकारण सूचना प्रविधिको भरपुर प्रयोग गरेका छौं ।
यस्तै सामाजिक विकासको क्षेत्रमा पनि गाउँपालिकाले ठूलो लगानी गरेको छ । गाउँपालिका भित्रका दलित, महिलाहरुको लागि स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । वडाले छनोट गरेर पठाएकाहरुको बीमा गरेका छौं । वर्तमान जनप्रतिनिधिहरु २०७४ सालमा निर्वाचित भएर आएपछि पहिलो बैठकमा अध्यक्ष ज्यूले स्वास्थ्य बीमा गर्ने निर्णय गरेर सोही वर्षदेखि बजेट विनियोजित गरेका थियौं । त्यसलाई निरन्तरता दिएका छौं । यसरी स्वास्थ्य बीमाको क्षेत्रमा काम गरिरहेका छौं । महिला तथा बालबालिका शाखाबाट अपाङ्गता भएका व्यक्तिहरुको लागि जोड दिएका छौ. । ज्येष्ठ नागरिक भत्ताको पनि व्यवस्थापन गरेका छौं । सवैको दृष्टिकोणले हेर्दा पनि अपाङ्गता परिचयपत्रलाई पनि प्रविधिको माध्यमबाट अगाडी बढाएका छौं । कुनै अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र पाउनुपर्यो भनेर खबर गर्ने र उहाँ आउन सक्ने अवस्था नभएमा गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख र संयोजक उपाध्यक्ष ज्यू घरमै पुगेर उहाँहरुको अवस्था स्वास्थ्यकर्मीलाई देखाएर घरमै परिचयपत्र उपलब्ध गराउने व्यवस्था छ । सामाजिक क्षेत्रलाई हेर्दा जनतालाई सहज रुपमा सेवा दिएका छौं । सामाजिक क्षेत्रको अवस्था राम्रो छ ।
गाउँपालिकालाई मौरीपालनको हब बनाउनको लागि चालु आर्थिक वर्षमा ठूलो लगानी गरेका छौं । हामी मेडप मार्फत र काठेखोला गाउँपालिकाको आफ्नै स्रोत साधन मार्फत पनि यसलाई लगेर मौरी पालनको क्षेत्रमा घार वितरण, तालिम संचालन गरिरहेका छौं । यस दृष्टिकोणले हेर्दा सामाजिक क्षेत्रमा गरेको क्रियाकलापहरु आम जनसमुदायका उत्पादन बढाउने कुराहरुलाई यसरी विकास गरेका छौं । आर्थिक विकासको पाटोलाई हेर्दा संघिय सरकारको अनुदान मार्फत कृषि क्षेत्रमा बाख्रा पालनको खोर व्यवस्थापनको लागि ठूलो लगानी गरेका छौं । लगानीबाट उनीहरुले वडा नम्बर ७ रेशमा केन्द्रित गरेर बजेट विनियोजित गरिएको छ । काठेखोला मासुको दृष्टिले आत्मनिर्भर छ । दुधमा हामीले अनुदान दिन्छौं । दुधमा आत्मनिर्भर छ । त्यति मात्र होइन बागलुङ बजारमा विक्री हुने ठूलो मात्रामा दुध काठेखोलाबाट निर्यात हुन्छ ।
चिया खेतीको प्रवद्र्धनमा रेशमा उत्पादनको अवस्था छ । त्यसलाई व्यवस्थापन गर्नुपर्ने छ । किनभने त्यसले उत्पादन दिन थालेको छ । प्रशोधनको लागि व्यवस्थापन गर्नुपर्ने छ । वडा नं. ५ मा ठूलो मात्रामा चिया लगाउने भनेर व्यवस्थापनको तयारी भइरहेको छभने वडा नं. ३ धम्जामा पनि चिया खेती गरिएको छ । उत्पादन र आर्थिक विकासको दृष्टिकोणले काठेखोला अगाडी बढेको छ । सुन्तला खेती राम्रो रुपमा अगाडी बढेको छ । वडा नं. १, २, ४, ७ र ८ मा सुन्तलाको विस्तार भइरहेको छ ।
यस वर्ष स्थानीय गोरु संरक्षणको लागि अनुदान प्रदान गरेका छौं । अहिले मिनिट्ेलर हलोको कारण स्थानीय गोरु संरक्षण गर्न नसकिने हो की भन्ने चुनौती रहेको छ । राजश्व शाखाको फोकल पर्सनले सहकारी शाखा हेर्दै आउनुभएको छ । काठेखोलामा ४८ वटा सहकारी रहेकोमा ३० वटा सहकारी क्रियाशिल रहेका छन् । उनीहरुलाई समय समयमा तालिम, अन्तरक्रिया संचालन गरेर सचेत बनाउँदै आएका छौं । यस वर्ष एउटा सहकारी एकिकरण गर्न माग भएकोले त्यसको अध्ययन भइरहेको छ । आर्थिक विकासको क्षेत्रमा काठेखोलामा राम्रो प्रगति भएको छ । तरपनि काठेखोला गाउँपालिका आफ्नै आन्तरिक श्रोतमा यहाँबाट जनताबाट राजश्व मात्र भएकोले स्रोत बाहिरबाट आउँदैन । त्यो हिसावले अहिलेसम्म भएको आर्थिक विकास जे जति भएको छ त्यो उत्कृष्ट छ ।
११) तपाईसँग भएको जनशक्तिले यहाँ बनेको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने स्थितिमा हुनुहुन्छ ?
– काठेखोलाको अहिलेको जनशक्ति चुस्तदुरुस्त छ । हामीकहाँ प्रयाप्त जनशक्ति छ । वि.सं. २०७५ सालमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जुन दरबन्दी सिर्जना र समायोजन गर्यो । हामीसँग दिएको जनशक्ति २९ जना हो । हामीसँग एउटा सहायक स्तरको कर्मचारी बाहेक पदपूर्तिको अवस्था पनि छ । तिनीहरुलाई प्रयोग गरेका छौं । हामीसँग दक्ष र अनुभपति जनशक्ति रहेकोले राम्रोसँग काम गरिरहेका छौं । हामी कर्मचारी कार्यालय समयमा कार्यालयमा आउनुपर्छ । टेबुलमा बसेपछि जनताको काम गर्नुपर्छ । जनता आएपछि फर्केर नजाउन भनेर काम गरिरहेका छौं ।
काठेखोला गाउँपालिकाका कर्मचारी प्रति गुनासो छैन भन्ने लाग्छ । गाउँपालिकामा आएपछि मैले यो कारणले दुःख पाए, नियतबस दुःख दिए अथवा यो कर्मचारी वा हाकिम भएन भनेर दुःख पाइयो भन्ने गुनासोहरु छैन हामीसँग । किनभने टेबुलमा आएको कागजातहरु मबाट शाखामा पुगेमा शाखाका साथीहरुले त्यसलाई तगरुक्ताका साथ अगाडी बढाउनुहुन्छ र त्यो काम तुरुन्त गरिदिनुहुन्छ । त्यस्तो छैन । प्राविधिक हामीसँग लगतअनुमान, डिजाइन, ड्रिङ गर्नको लागि हाम्रो प्राविधिक जनशक्तिलाई भनिरहनुपर्दैन । उहाँहरुले आफै तयारी गर्नुहुन्छ । उहाँहरुलाई मैले पहिलै भनिसकेको छु तपाईहरु फिल्डको कर्मचारी फिल्डमा जानुपर्ने हुन्छ । त्यसकारण मलाई सोधिरहनुपर्दैन । तपाईहरु फिल्डमा गएर काम गर्नुस् । यो हिसावले जनशक्ति पनि हामीसँग चुस्त, दुरुस्त छ । असजिलो अवस्था छैन । त्यस करण यहाँको प्रगति झण्डै ६८ प्रतिशत पूँजिगत खर्च छ भन्नुको कारण पनि जनशक्ति हो । मेरो सरकारी कर्मचारी साथीहरुको कारण सम्भव भएको हो ।
१२) समय र सम्वादको लागि यहाँलाई धन्यवाद ।
– धन्यवाद । मैले काठेखोला गाउँपालिकाको अहिलेसम्मको गतिविधि र चालु आर्थिक वर्षको ११ महिना चलिरहँदा यहाँहरु मार्फत मैले नागरिकमा पु¥याउने अवसर दिनुभयो । त्यसको लागि पनि जननिगरानी साप्ताहिक पत्रिकाको टिमलाई म र काठेखोला गाउँपालिका परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु ।







