
खिम बहादुर कार्की
बागलुङ, १२ फागुन । काठेखोला गाउँपालिका वडा नं. १ पालामा सोमबार न्यायीक संवाद एवं कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
काठेखोला गाउँपालिका न्यायीक समितिको आयोजनामा भएको न्यायीक संवाद तथा कानुनी सचेतना कार्यक्रममा न्यायीक समितिको गठन, कानुनी क्षेत्राधिकार मेलमिलाप पद्धती, कार्यविधि, मेलमिलाप पद्धती, न्यायीक सम्पदानका विधि, कागजी प्रक्रियाको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा काठेखोला गाउँपालिकाका न्यायीक सहजकर्ता महेन्द्र प्रसाद कंडेल र वडा नं. १ का वडाअध्यक्ष खडक बहादुर थापाले सहजिकरण गर्नुभएको थियो ।
सचेतना कार्यक्रममा वडाका जनप्रतिनिधि सहित, राजनीतिक दलका प्रतिनिधि, मेलमिलापकर्ता, टोल विकास संस्थाका प्रमुखहरु, वन उपभोक्ता समितिका अध्यक्षहरु र स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीयहरुको राखेको सवारको जवाफ गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक तेजबहादुर थापाले दिनुभएको थियो ।
काठेखोला गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक तेज बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समितिका सदस्य चित्रकुमारी थापाको स्वागत मन्तव्य र सदस्य तथा वडा नं. ६ का वडाअध्यक्ष बृहस्पति कंडेलले संचालन गर्नुभएको थियो ।