
काठमाडौं, ३ माघ । करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मोरङ घर भई काठमाडौं पेप्सिकोला बस्ने २७ वर्षीय रोसन माझीको बिहीबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको करुणा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।