बागलुङ, १० पुष । शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु के.सी चयन हुनुभएको छ । सहकारीको बुधबार सम्पन्न १२ औं वार्षिक साधारणसभाले सर्वसम्मत केसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुर्यप्रसाद चपाई, सचिवमा प्रेम के.सी., सहसचिवमा तिलक खड्का र कोषाध्यक्षमा विष्णु शर्मा गौतम चयन हुनुभएको छ । सदस्यहरुमा शशिधर भट्टराई, उमामाया के.सी, सुनिता कार्की र कुमारी खड्का कार्की निर्वाचित भएको निर्वाचन समितिका संयोजक विक्रम शर्माले बताउनुभयो ।
यस्तै लेखा समिति संयोजकमा विष्णु बहादुर थापा र सदस्यमा सुनिता भण्डारी निर्वाचित हुनुभएको छ ।
साधारणसभाको उद्घाटन पछि बोल्दै नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी संघका संचालक तथा जिल्ला सहकारी संघका संचालक खिम बहादुर कार्कीले सहकारी राम्रो बनाउनको लागि शेयर सदस्यहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सहकारी कस्तो बनाउने भन्ने शेयर सदस्यको मुख्य भुमिका हुने बताउँदै सहकारी कसरी संचालन भएको छ र राम्रो बनाउन के के गर्न सकिन्छ भनेर शेयर सदस्यहरु लागि पर्नुपर्ने बताउनुभयो ।
साधारणसभामा संस्थाका सचिव प्रेम बहादुर केसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
सहकारीका अध्यक्ष राजु गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभामा सुर्य चापागाईले स्वागत मन्तव्य र सचिव प्रेम केसीले संचालन गर्नुभएको थियोभने सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थाका अध्यक्ष चुडामणी उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।