बागलुङ, ७ भाद्र । बागलुङ अरिङ्गालको टोकाइबाट आमाछोरी घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शुक्रबार दिउँसो काठेखोला गाउँपालिका–४ तंग्राममा अरिङ्गालले टोक्दा ३९ वर्षीया बिन्दु पुन र उनकी छोरी वर्ष १९ की अनुशा पुन घाईते भएका हुन् ।
शुक्रबार दिउँसो खेतमा धान गोडी रहेको अवस्थामा पुनका आमाछोरीलाई अरिङ्गालले टोकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । उहाँले अरिवलको गोलो जमिनमा रहेको र धान गोड्ने बेला पुनका आमाछोरीलाई टोकेको बताउनुभयो ।
उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।