विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

बागलुङ, ८ बैशाख । नेपाल निजामति कर्मचारी संगठन बागलुङले ३५ औं स्थापना दिवसमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

संगठनले स्थापना दिवसको अवसरमा रुद्रेपिपल माध्यमिक विद्यालयमा विपन्न विद्यार्थीको भर्ना तथा पाठ्यपुस्तक सँगै शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठन बागलुङले २०७४ सालमा अभिभावकत्व ग्रहण गरेका विद्यार्थी गोकुल नेपालीलाई कक्षा ८ मा भर्ना गर्दै पाठ्यपुस्तक, शैक्षिक सामाग्री लगायतका सामाग्री हस्तान्तरण गरेको अध्यक्ष श्याम कुमार थापा मगरले बताए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले थालनी गर्नुभएको विद्यार्थी भर्ना अभियानमा संगठनले २०७४ सालमा विपन्न विद्यार्थी गोकुल नेपालीको अभिभावकत्व लिएको र अहिले पनि निरन्तरता दिइएको अध्यक्ष मगरले बताए । उनले नेपालीको अभिभावकत्वलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

नेपाल निजामती कर्मचारी संगठनका तर्फबाट प्रदान गरिएको पाठ्यपुस्तक लगायतका शैक्षिक सामाग्रीरुद्रपिपल माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोरा तथा नेपाल निजामती कर्मचारी संगठनका गण्डकी प्रदेश सदस्य सरस्वती देवी रेग्मीले संयुक्त रुपमा विद्यार्थी नेपालीलाई हस्तान्तरण गर्नुभभएको थियो ।

पेशागत आन्दोलनसंगै विभिन्न अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने एवं रचनात्मक क्रियाकलापहरु संचालन गर्दै आएको निजामती कर्मचारी संगठन बागलुङले यस किसिमको कार्य गरेकोमा नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाले धन्यवाद ज्ञापन गर्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here