बागलुङमा सर्वाधिक राशीको हाजिरीजवाफ प्रतियोगिता हुँदै

बागलुङ, १६ चैत्र । बागलुङको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलले भोली (शनिबार) तेस्रो साविक धौलागिरी अञ्चल स्तरीय एसएलसी हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ । विद्यालयले कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै तेस्रो संस्करणको सर्वाधिक राशीको हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले प्रतियोगितामा साविकको धौलागिरी अञ्चलका माध्यमिक विद्यालयहरु सहभागी हुने बताए । उनले माध्यमिक तह कक्षा १२को परीक्षामा समावेश हुनसक्ने सम्भावित प्रश्नहरुमा आधारित रहेर प्रतियोगिता गर्न लागिएको बताए । प्रतियोगितामा कक्षा १२ को पाठ्यक्रममा आधारित प्रश्नहरु सोधिने भएकाले परीक्षामा विद्यार्थीलाई यसले सहयोग गर्ने प्रिन्सिपल श्रेष्ठको बुझाई छ ।

प्रिन्सिपल श्रेष्ठले प्रतियोगितामा कक्षा १२ को व्यवस्थापन संकाय र बिज्ञान संकायका विद्यार्थीको बीचमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने बताए । उनले कक्षा १२ को व्यवस्थापन संकाय र विज्ञान संकायका विषयहरुबाट विद्यार्थीहरुलाई प्रश्नउत्तर गरिने बताए । विज्ञान संकायतर्फ १० समुह र व्यवस्थापन संकायतर्फ १६ समुहले प्रतियोगितामा सहभागिता जनाउने विद्यालयले अनुमान गरेको छ ।

प्रतियोगितामा छिमेकी जिल्लाहरु म्याग्दी र पर्वत र बागलुङ जिल्लाको बागलुङ नरपालिका, गलकोट नगरपालिका र अन्य स्थानीय तहमा रहेका विद्यालयहरु पनि सहभागी हुने प्रिन्सिपल श्रेष्ठले बताए । चार चरणमा प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा विज्ञान र व्यवस्थापन दुवै संकायका विजेताहरुले पुरस्कार प्राप्त गर्ने विद्यलायले जनाएको छ । प्रिन्सिपल श्रेष्ठका अनुसार दुवै तर्फ प्रथम हुनेले २५ हजार दोस्रो हुनेले १८ हजार र तेस्रो हुनेले १२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here