एसईई भोलिदेखि, बागलुङमा ४ हजार ३ सय बढी विद्यार्थी सहभागी हुने

बागलुङ, १४ चैत्र । बिहीबारदेखि सुरु हुने विद्यालय शिक्षा परीक्षा (एसईई) मा बागलुङका ४ हजार ३ सय बढी विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा बिकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्तप्रसाद शर्माका अनुसार यो बर्ष ४ हजार ३ सय ९९ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा शर्माले साधारण शिक्षातर्फ ४ हजार ५५ जना, प्रविधिकतर्फ २ सय २९ जना नियमिततर्फमा विद्यार्थीहरु सहभागी हुने बताउनुभयो । यस्तै ग्रेड वृद्धिका लागि १ सय २५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै तीन जना दृष्टीबिहिनले बलेवास्थित जनताधन माबिबाट परीक्षा दिने छन्भने धौलागिरि बहिरा आबासीय माबिबाट २२ जनाले परीक्षा दिन लागेका छन् ।

शर्माले यस वर्ष सामुदायिक तर्फ १ सय १३, खुल्ला विद्यालय तर्फ १ र संस्थागत विद्यालय तर्फ ३२ विद्यालय परीक्षामा सम्मिलित रहेको बताए ।

प्रमुख शर्माका अनुसार बागलुङका दश स्थानीय तहका ३१ वटा परीक्षा केन्द्रमा परीक्षा संचालन हुनेछ । परीक्षाका लागि ३१ जना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, ४ सय ८९ जना निरीक्षक, १ हजार ९ सय २८ जना सहायक कर्मचारी तथा ५ सय २३ जना सहयोगी खटिनेछन् । त्यस्तै हरेक केन्द्रमा १५ जनाको दरले सुरक्षाकर्मी समेत खटाइएको शर्माले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here