बागलुङमा मतगणना सुरु गर्न ११ बजे सर्वदलीय बैठक हुँदै

बागलुङ, ५ मंसिर । बागलुङमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ । गणना सुरु गर्नु अघि ११ बजे राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिबीच सहमति जुटाउन सर्वदलीय बैठक बसिने मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए ।

बागलुङमा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ चार वटा निर्वाचन क्षेत्र छन् । मतगणना सुरु गर्न दुई निर्वाचन क्षेत्रमा दिउँसो ११ बजे सर्वदलीय बैठक राखिएको मुख्य निर्वाचन अधिकृत भट्टले बताए । उनले क्षेत्र नम्बर १ को जिल्ला सदरमुकाममा रहेको जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नम्बर २ को ढोरपाटन नगरपालिका–१ मा रहेको बुर्तिबाङ नयाँ शहर आयोजनाको सभाहलमा मतगणना हुने बताए । सर्वदलीय सहमति जुटाउन आव्हान गरिएको बैठक सकिएपछि गणना सुरु गरिने भट्टले बताए ।

आइबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बागलुङमा ५३.६० प्रतिशत मत खसेको छ । अस्थायी मतदाता सहित १ लाख ९३ हजार १९ मतदाता रहेकोमा १ लाख ३ हजार ३८ जनाले मतदानमा सहभागिता जनाएका हुन् ।

क्षेत्र नम्बर १ मा अस्थायी मतदाता सहित ९७ हजार ४ सय ५८ मतदाता रहेकोमा ५१ हजार ६ सय ६९ (५३.१ प्रतिशत) मत खसेको छ । यस्तै क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ मतदाता रहेकोमा ५१ हजार ३ यस ६९ (५३.७५ प्रतिशत) मत खसेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here