
बागलुङ, १ मंसिर । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन कार्यक्रम सञ्चालनको लागि कर्मचारी परिचालिन भए पछि सरकारी कार्यालयका सेवा प्रवाह प्रभावित भएको छ ।
जिल्ला स्थित सरकारी कार्यालयले अति आवश्यक बाहेकका सेवा प्रवाह बन्द गरी निर्वाचनमा कर्मचारी खटाएका हुन । टाढा टाढाका मतदान स्थललमा खटिएका कर्मचारीले मंगलबारदेखि नै सेवा प्रवाह गर्न छोडेका थिए ।
जिल्ला प्रशासन कार्यालय बागलुङले पनि मंसिर दुई गते अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार कार्यालयका कर्मचारीहरु निर्वाचन सम्बन्धी कार्यका लागि खटिई जानुपर्ने भएकाले २ गतेका दिन कार्यालयबाट प्रदान गरिने अत्यावशयक सेवा बाहेकका (नेपाली नागरिकताको प्रमाणपत्र, नाबालक परिचय पत्र राहदान र पेन्सन तथा अन्य सिफारिस/प्रमाािणतसम्बन्धी ) सेवा प्रवाह रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मादपण्ड २०७९ बमोजिम निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा प्रयोग नहुने गरी निशिचत क्षेत्रका सवारी सञ्चालनमा खुकुलो गरेको छ ।
प्रशासनले सार्वजनिक सुचना जारी गरी एम्बुलेन्स, खानेपानी, दुध बोक्ने सवारी, दमकल, नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुन बमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सुचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बहाक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी, दुरसञ्चार तथा केबल सेवा, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन सञ्चालन हुने उल्लेख गरेको छ ।
अस्पतालका कार्यरत परिचय पत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोर मैला ओसार प्रसार गर्ने सवारी, निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमति पाएका पर्यवेक्षले प्रयोग गरेका सवारी, कुटनीतिक नियोगका सवारी, मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मारी तथा स्वयमसेवकले प्रयोग गर्ने सवारी सञ्चालनमा अवरोध नहुने उल्लेख छ । अन्यका हकमा तोके बमोजिम सवारी पास लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।