सुनौलो बागलुङ संस्थाको अध्यक्षमा प्रतेल चयन

बागलुङ, २७ कार्तिक । सुनौलो बागलुङ संस्थाको सञ्चालक समितिको अध्यक्षमा दिलिप प्रतेल चयन भएका छन् ।

संस्थाको दोस्रो साधारणसभाले प्रतेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा निशा थापा, सचिवमा प्रदिप श्रीस मगर, सहसचिवमा मनिषा ढुंगाना र कोषाध्यक्षमा तेरुशा पुन मगर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सुमन मगर, करिश्मा सुनार, विपिन मगर र दिलुसा थापा मगर चयन भएका छन् ।

संस्थाको दोस्रो साधारणसभाको उद्घाटन समारोहमा उद्घाटनपछि बोल्दै संस्थाका केन्द्रीय सल्लाहकार तथा बैदेशिक विभागका कोषाध्यक्ष चित्र श्रसिले संस्थाले राम्रो काम गर्दै गएको र दुखी र पीडितको आयआर्जनको सहयोगी बन्नुपर्ने बताए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शिव श्रीसले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष रोजि रानाले आर्थिक प्रतिवेदन र सचिव प्रदिप श्रीस मगरले प्रगति प्रतिवेदन र प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष स्वेता घर्तिको अध्यक्षतामा सम्पन्न भएको दोस्रो साधारणसभाको उद्घाटन समारोहको स्वागत संस्थापक सचिव राजेश श्रीस मगर र संचालन सहसचिव उर्मिला राना मगरले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here