
बागलुङ, २६ कार्तिक । बागलुङमा पानीको पोखरीमा डुबेर शनिबार डेढ बर्षिया बालिकाको मृत्यु भएको छ ।
तमानखोला गाउँपालिका–३ घर भई गलकोट नगरपालिका–६ मा बस्दै आएकी सपना रोकाकी डेढ बर्षिया छोरी सोनिया रोकाको पोखरीमा डुबेर मृत्यु भएको हटिया प्रहरी चौकी गलकोटका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।
सपना दरमखोला एग्रिकल्चर लाइभ स्टक फर्मकी कामदार हुन् । आमाले काम गर्ने फर्मको नजिकै खेल्ने क्रममा सोनिया पोखरीमा डुबेपछि उपचारको लागि इर्मजेन्सी पोलिक्लिनिक गल्कोटमा उपचारको लागि ल्याइएको थियो । पोलिक्लिनिकका डाक्टरले अस्पतालमा ल्याइपुराउँदा नै बालिकाको मृत्यु भएको घोषणा गरेको प्रहरी प्रमुख शर्माले बताए ।