नमुना निर्वाचनमा मत बदर न्यून

बागलुङ, २४ कार्तिक । जिल्ला निर्वाचन कार्यालय, बागलुङले स्थानीय तहसँगको समन्वयमा मत बदरको मात्र न्यून गराउन मतदानसँग सम्बन्धित विभिन्न अभ्यास गर्दै आएको छ ।

कार्यालयले जिल्लाका सबै वडामा मतदाता शिक्षा तथा प्रत्येक स्थानीय तहमा पुगेर मतदानको नमुना अभ्यास गरेको हो । मतदाता शिक्षा र निर्वाचनको नमुना अभ्यासले वास्तविक निर्वाचनमा मत राख्दै बदर सङ्ख्या घटाउने निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले जानकारी दिनुभयो ।

बागलुङको निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकामा नमुना मतदान गरिएको छ । सात वटा स्थानीय तहमा भएको नमुना मतदानको क्रममा न्युन मात्रामा मत बदर भएको सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो ।

अभ्यासमा सहभागी मतदाताले जानजान बदर गराएको शर्माको भनाइ छ । एउटा अभ्यासमा न्यूनतम ८० देखि ९० जना स्थानीयको सहभागिता थियो ।

विगतका निर्वाचनमा पनि मतदानमा सहभागी भएको मतदाताले राम्रोसँग स्वस्तिक छाप लगाउने र मतपत्र पट्याउने गरेका थिए । नयाँ मतदातालाई निर्वाचन गर्नु पूर्व स्वस्तिक छाप लगाउने, पट्याउने र मतपेटिकामा राख्ने बारे सचेत गराइन्छ ।

अभ्यासको क्रममा भेटिएका दुई/तीन वटा बदर मतपत्रमा दुई वटा चुनाव चिह्नमा छाप लगाएका थिए । ‘नमुना अभ्यास हेर्दा मत बदर हुने सङ्ख्या थोरै मात्र छ’ सूचना अधिकारी शर्माले भन्नुभयो– ‘बदर सङ्ख्यालाई शून्यमा पुर्याउने गरी मतदाता शिक्षामा जोड गरेका छौँ ।’ बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा २६ गतेभित्र नमुना अभ्यास हुनेछ ।

नमुना मतदानमा सम्बन्धित स्थानीय तहका कर्मचारी र सुरक्षाकर्मीको सहभागिता रहने गरेको छ । निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र गरेको छ । मतदानस्थलमा खटिने कर्मचारीहरुको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिसकेकाे बताएको छ ।

मतदानस्थलमा खटिने कर्मचारीहरुलाई तालिम र निर्वाचन अधिकृतको कार्यालयसम्म निर्वाचनका सामाग्री पुर्याउने काम मात्र बाँकी रहेको बताउनुभयो । उहाँले २८, २९ गतेसम्म निर्वाचनको तयारी पूरा हुने जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here