
दोलखा, जेठ ३०। विद्युत् सर्ट भएर आगोलागी हुँदा दोलखाको शैलुङ गाउँपालिका-१ ठाडेमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८५ वर्षीया निदकुमारी मगर रहेको प्रहरीले जनाएको छ ।
झ्यालढोका थुनेर सुतेकी मगरको सोमबार बिहान विद्युत् सर्ट भएर लागेको आगोलागीका कारण निसास्सिएर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।