
बागलुङ, २९ जेठ । बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
संघको आउँदो असार ४ गते हुने १८ औं महाधिवेशनमा अध्यक्ष पदको लागि वर्तमान महासचिव नरेश कंडेल, प्रथम उपाध्यक्ष राजन कुमार शाक्य, वर्तमान कार्यसमिति सदस्य शशिकपुर श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासुले आईतबार उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका सवै व्यवसायी नेपाली काँग्रेस निकटका हुन् ।
यस्तै दुई जना महिला सदस्य सर्वसम्मत चयन निर्वाचित भएका छन् । दुई सदस्य महिला सदस्यमा यमुना रेग्मी र शिवकला थापाले मात्र उम्मेदवारी दर्ता गरेकोले सर्वसम्मत भएका हुन् । यस्तै दुई जना उद्योग सदस्यमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । उद्योग सदस्यमा निलेश राजभण्डारी, कृषिराम गौतम र वविन शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै १४ जना खुल्ला सदस्य पदको लागि १५ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा अर्जुन चोखाल, विष्णुराज पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, राजेश भारी, उमाकान्त शर्मा (बाबु), गणेशराज लम्साल, महेन्द्र प्रसाद शर्मा, विष्णु प्रसाद अधिकारी, इन्द्रमणी पौडेल (अर्जुन), दिपक हमाल, भुपाल कार्की, राजु गौतम, संजय कुमार श्रेष्ठ र ईश्वरजंग राजभण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।