इञ्जिनियरमाथि हातपात गर्ने तमानखोलाका दुई जना पक्राउ

बागलुङ, २६ जेठ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाका इञ्जिनियर माथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अवरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा तमानखोला–१ का २९ बर्षिय महेन्द्र थापा र २८ बर्षिय होमलाल रोकालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । तमानखोला गाउँपालिका–१ मा रहेको बुद्ध आधारभुत विद्यालयको भवन निर्माणको बिषयलाई लिएर उनीहरुले गत जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुन कुमार यादवलाई गालिगलौज तथा हातपात गरेका थिए ।

नियन्त्रणमा लिईएका दुवै जनाका बिरुद्धमा सार्वजनिक स्थानमा अभद्र व्यबहार गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रनाउ रानाले बताए ।

यादवमाथी हातपात गरेको बिषयलाई लिएर तमानखोलाका कर्मचारीहरुले बिरोध जनाएका थिए । चौतर्फि दवाव पछि प्रहरीले घटना भएको ११ दिन पछि उनीहरुलाई पक्राउ गरेको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here