हातहतियार मुद्दाका फरार पाँच जना प्रतिवादी पक्राउ

बागलुङ, २६ जेठ । हातहतियार तथा खरखजना मुद्धाका फरार प्रतिबादीहरु पक्राउ परेका छन् ।

हातहतियार तथा खरखजना मुद्धाका फरार प्रतिवादी ताराखोला गाउँपलिका–५ का ३७ बर्षिय यम बहादुर घर्ति, ४४ बर्षिाय टेक बहादुर रोका, ५० बर्षिय चित्रराज कंडेल, ३८ बर्षिय बर्षिय होम बहादुर रोका र ४४ बर्षिय प्रभुलाल रोकालाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।

जिल्ला अदालत बागलुङको २०७८ चैत १ गतेको फैसलाले हातहतियार तथाा खरखजना कसुरमा जनही ५ हजार जरिवाना र जनही पाँच महिना तेह्र दिन कैद (पाँच जनाको कुल २ वर्ष ३ महिना ५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना) ठहर भई फरार रहेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए । उनीहरुलार्इं लगत कट्टाको लागि जिल्ला अदालत बागलुङमा पेश गरिएको प्रनाउ रानाले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here