पहिरोले मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड अवरुद्ध

पहिरोले अवरुद्ध भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड । -तस्विरः राम बहादुर थापा ‘अविरल’

बागलुङ, २६ जेठ । वर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलााल (मध्यपहाडी) लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बुधबार राती गलकोट खण्डमा भीषण वर्षापछि लोकमार्गको दर्जन बढी स्थानमा पहिरो खसेको छ । पहिरोको कारण घोडाबाँधे–गलकोट खण्ड पूर्ण रुपमा अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी आवागमन रोकिदा सयौं यात्रुहरु अलपत्र परेका छन् । पहिरोको कारण सर्वसाधारणलाई पैदल यात्रा गर्न समेत कठिन भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

बागलुङको गलकोट, बुर्तिबाङ, खर्वाङदेखि काठमाण्डौ, पोखरा लगायतका शहरमा जाने लामो दुरीका सवारीसाधन रोकिएका छन् । गलकोट, ढोरपाटन नगरपालिका र ताराखोला, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट सदरमुकाम आउने सबै सवारी साधन गलकोटमा नै रोकिएका छन् । काठमाण्डौ पोखरा लगायतका ठाउँबाट रुकुम पूर्वका लागि समेत छुटेका सवारी घोडाबाँधेमा रोकिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगरपालिकाका प्रमुख गैरेले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here