१२ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेन, हजारौँ यात्रु प्रभावित

काठमाडौं,जेठ २६ ।  वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक गएरातिबाट अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका दुई स्थानमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार गएराति ११ बजेबाट दुईतर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ । सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । सडक अवरुद्ध भएपछि हजारौँ यात्रु अलपत्र परेका छन् ।

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रम जारी छ । पहिरो हटाएर सवारी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here