बालमैत्री नगर निर्माणको पूर्व तयारी सुरु

बागलुङ, २३ जेठ । बागलुङ नगरपालिका बागलुङले ‘बालमैत्री नगरपालिका घोषण’को पूर्व तयारी थालेको छ ।

नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण लगतै पहिलो बैठकले गरेको निर्णयलाई पछ्याउँदै बालमैत्री नगर निर्माणको लागि आवश्यक सुचक र मापदण्ड बारे जनप्रतिनिधि र नगर क्षेत्रका कर्मचारीलाई सचेत गराइएको हो ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका– २०७८ अनुसार बालमैत्री नगरपालिका घोषणको लागि ५१ वटा मापदण्ड पुरा गर्नुपर्ने उल्लेख गरिएको छ । नगरका १४ वटै वडाका वडाध्यक्ष, वडा सचिव, नगर कार्यपालिका सदस्य, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुलाई सामाजिक विकास कार्यालयले बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धी जानकारी दिएको छ ।

बालमैत्री स्थानीय शासन स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न ल्याइएको शासकीय अवधारण हो । बाल अधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागीतालाई मुख्य आधारको रुपमा लिइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रवद्र्धन गरी बालमैत्री वडा घोषण गर्ने जिम्मेवारी नगरपालिकाको वडालाई दिइएको छ । उक्त ऐन अनुसार गरी नगरपालिकाले बालमैत्री स्थानीय तह घोषण गर्ने जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ । सरकारले विस २०८७ सम्म सबे स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्य लिएको छ ।

आगमी तीन बर्ष भित्र नगरपालिकालाई बालमैत्री नगरपालिका घोषण गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । हरेक वडाले आ–आफ्नो क्षेत्रमा आवश्यक पूर्वाधार तयार गर्न आग्रह गर्नुभयो । नगरपालिकाको पहिलो निर्णय कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ ।

बालमैत्री नगर गर्दा स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बालअधिकारका सवालहरुलाई प्राथमिकता दिने, बालबालिकाको समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधाहरुमा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउनु, स्थानीय तहमा बालबालिकासँग सम्बन्धीत नीति, योजना र कानून तर्जुमा गर्दा बालसहभागीता बढाउने, सबै भौतिक पूर्वाधारणहरु बालमैत्री हुनुपर्ने, बालबालिकाको हित विरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मुलन गर्ने आधार उल्लेख छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here