कतारमाथि नेपालको सानदार जित

काठमाडौं, २० जेठ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो ।

नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो ।

कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले १४–१४ रन बनाए । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको कसिलो बलिङ सामु कतारका ७ खेलाडीले खाता नै खोल्न सकेनन् ।

नेपालकी सृष्टि जैशीले ४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । अनु कडायत २.४ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिका मरासिनीले २ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् ।

यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालकी अश्मा पुलामी मगरले ३९ बलमा ३२ रनमा अविजित रहिन् । सृष्टि जैशीले १९ बलमा १ चौकासहित २३ रनमा अविजित रहिन् । सनु राजवंशीले ४४ बलमा २१ रन जोडिन् । किरण कुमारी कुँवर १ र अञ्जली विश्वकर्मा ११ रनमा आउट भइन् ।

Player of the Match: Shristi Jaisi

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको खास परीक्षा थाइल्यान्डविरुद्ध हुनेछ । पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन ।

नेपालले शनिबार यूएई, सोमबार भुटान, मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

नेपाली टिमः
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, शृष्टि जैसी, मनिषा उपाध्याय, अन्जली विक, मनिषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत, सुस्मिता भुसाल

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here