
बागलुङ, १८ जेठ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ ।
बुधबार भएको मतदानबाट ६ जना निर्वाचित भएसँगै काठेखोला गाउँ कार्यपालिकाले पूर्णता पाएको हो । कुनै पनि दलको स्पष्ट बहुमत नभएको काठेखोलामा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरु कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।
कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा नेपाली काँग्रेसकी सुन्तली विक र राष्ट्रिय जनमोर्चाका टिका संगम विक विजयी भएका छन् । यस्तै महिला सदस्यमा नेपाली काँग्रेसका गीतादेवी विक, देवी थापा मगर, पूर्ण माया सुनार र भुमादेवी पुन निर्वाचित भएका छन् ।
काठेखोला गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले चुनावी तालमेल गरेका थिए ।
पालिकाको निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रले कार्यपालिका निर्वाचनमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका थिए । कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनका नेपाली काँग्रेसको रुख चिन्हबाट नेकपा एकीकृत समाजवादीकी जिल्ला सदस्य सुन्तली विकले उम्मेदवारी दर्ता गरेकी थिइन । यस्तै राष्ट्रिय जनमोर्चाका टिका संगम विक र नेकपा माओवादीका टोप बहादुर विकले उम्मेदवारी दर्ता गरेका थिए ।
नेकपा एमालेले कार्यपालिकाको दलित वा अल्पसंख्यक र महिला सदस्य उम्मेदवारी दर्ता गरेको थियो ।