तारा एयरको जहाज दुर्घटना : १४ जना यात्रुको शव भेटियो

काठमाडौं, १६ जेठ । तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको थासाङ-२ मा १४ जना यात्रुको शव भेटिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्घटनास्थलबाट १४ जनाको शव भेटिएको पुष्टि गरेको हो । तर ती सबै शवको पहिचान हुन नसकेको पनि प्राधिकरणले जानकारी दिएको छ । हाल सम्म १४ जनाको शव भेटिएको र पहिचान हुन बाँकी रहेको छ ।

तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो ।

तारा एयरको जहाज दुर्घटना भएको अहिले ३ जना सेना, चार जना शेर्पा र ९ जना स्थानीयबासीले उद्धार गरिरहेका छन् ।

चालक दलका तीन जनासहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here