चितवनवाट फरार कोरोना संक्रमित नुवाकोटमा भेटिए

काठमाडौं, १० भदौ ।
चितवनको भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा फेला परेका छन् ।

प्रहरीको चेकजाँचका क्रममा संक्रमित १९ बर्षे युवक नुवाकोट बेलकोटगढी-५ स्थित पक्राउ गरिएको हो ।साइकलमा जाँदै गर्दा पक्राउ परेका उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको छ ।

चोरीको आरोपमा पक्राउ परेका उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पतालको आइसोलेसनमा बस्दै आएका उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here