नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुग्यो

काठमाडौं, १० भदौ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ जना पुगेको छ ।

आज ११ जनाको मृत्यु भएको छ । मंगलबार ७ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ३४,४१८ पुगेको छ । आज ८८५ जना थपिएका छन् । मंगलबार ८५५ जना थपिएका थिए । आज १३, २५३ जनाको पिसिआर गरिएको थियो ।

आजसम्म निको हुनेको संख्या १९,५०४ जना पुगेको छ । आज मात्र ३८५ निको भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here