पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण

काठमाडौं, १० भदौ ।
पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर थप ८८५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । २४ घण्टाको पीसीआर परीक्षण १३,२५३ छ ।

प्रवक्ता गौतमका अनुसार यससँगै कुल संक्रमितको संख्या ३४,४१८ जना पुगेको छ । त्यसमध्ये १९, ५०४ जना संक्रमण मुक्त भइसकेका छन् । २४ घण्टामा ३८५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । १४,७३९ जना सक्रीय संक्रमित रहेका छन् । जसमा ६,०२८ जना होम आइसोलेसनमा र ८,७११ संस्थागत आइसोलेसनमा रहेको प्रवक्ता गौतममा जानकारी दिएका छन् ।

१५१ जना कोरोनाका बिरामी आइसीयूमा र भन्टिलेरमा १४ जना रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here