२४ घण्टामा ८५५ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं, ९ भदौ ‌।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै देशभर संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । गत २४ घण्टामा गरिएका ११ हजार ३२७ पीसीआर परीक्षणमध्ये ८५५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए ।

अहिले १४ हजार २५० जना आइसोलेसनमा छन् भने गत २४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here