
पोखरा, ९ भदौ ।
पोखरामा पहिलो पटक एक पत्रकारलाई कोराना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिकामा कोरोना समुदायमा फैलिएपछि महानगर भित्र सक्रिय पत्रकारिता गर्दै आएका एक पुरुष पत्रकारलाई समेत भाइरस संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज (मंगलबार) विहान क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा पोखरा महानगरपालिकामा थप ४ जनालाई संक्रमण पुष्टि भएको जनाएको थियो । उक्त चार जना मध्य एक जना पत्रकार हुन् ।
संक्रमित पत्रकार कास्कीको लेखनाथको एक रेडियोमा कार्यरत रहेका छन् । उनलाई संक्रणमको कुनै लक्षण नभएको तर कन्ट्रयाक टे«सिङका आधारुमा परिक्षण गर्दा पोजिटिभ देखिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
केहि दिन पहिले लेखनाथको एक बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कन्ट्रयाक टे«सिङमा परेका थिए । संक्रमित पत्रकारलाई आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।










