
काठमाडौं, ८ भदौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । सोमबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा झापाका ५, मोरंगका ३१, सुनसरीका २३, उदयपुरका १, ओखलढुङ्गाका ३, धनकुटाका २, ईलामका १, खोटांगका ४, संखुवासभाका २, बाराका ९४ , धनुषाका ५, पर्साका ३४, रौतहटका ५, सप्तरीका १५, सर्लाहीका ८, सिरहाका १०, काठमाडौँका १७७, भक्तपुरका १४, ललितपुरका ३३, चितवनका ३२, धादिङका २, दोलखाका १, मकवानपुरका १८, काभ्रेका ५, सिन्धुपाल्चोकका ५, रामेछापका २, रुपन्देहीका ६, गोरखाका १, कास्कीका २, तनहुँका ३, नवलपरासी पुर्वका ५, कपिलवस्तुका ९, स्याङ्जाका १, म्याग्दीका १, बाग्लुङका २, गुल्मीका ४, अर्घाखाँचीका १,नवलपरासीका ५, पाल्पाका २, बर्दियाका १, बाँकेका ८, रोल्पाका २, कालीकोटका ३, जाजरकोटका १९, रुकुम पश्चिमका १८, सुर्खेतका ११, कन्चनपुरका १९, कैलालीका २९, डडेलधुराका ४, दार्चुलाका १, बैतडीका ३ र बाजुराका १ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२,६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १७५ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १८,८०० पुगेको छ । हाल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७ रहेको छ ।










