नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १४९ पुग्यो

काठमाडौं, ७ भदौ ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको हो ।

झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here