मुख्यमन्त्रीका सवारी चालकलाई कोरोना संक्रमण

धनगढी, ७ भदौ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण देखिएको हो ।

२३ वर्षीय उनलाई कोरोना संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको छ । सवारी चालकमा कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री भट्ट निवासमै सेल्फ क्वारेन्टिनमा बसेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

सवारी चालकमा कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका मुख्यमन्त्री भट्टको स्वाब संकलन गरेर परीक्षण गरिने बताइएको छ ।

क्ेही दिनअघि मुख्यमन्त्री भट्ट परिवारसहित गृहजिल्ला डोटी जाँदा ती सवारी चालक पनि सँगै गएका थिए । सवारी चालकका सम्पर्कमा रहेका मुख्यमन्त्री सहित परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षण गर्ने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Soc: rajdhanidaily

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here