२४ घण्टामा थपिए ६ सय ३४ कोरोना संक्रमित

काठमाडौं, ६ भदौ ।
शनिबार ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको गौतमले बताए । आजसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here