“तारा” आज भोली सम्झनाका बाछिटाहरुले मलाइ यसरी हान्न थालेको छ नि जुन ब्प द्धठ राइफलबाट निस्किएको गोली भन्दा पनि बिषालु लाग्न थालेको छ । आज भोली सम्झनाका बाछिटाले यसरी सताउन थालेको छ नि “तारा” पानी बिनाको माछा, बैसाखी बिनाको अपाङ्ग, नङ बिनाको मासु, लाग्छ मुना बिनाको मदन, उफ “तारा” कति गाह्रो हँुदैछ यो जिन्दगी किनकी आज तारा बिनाको शिब भएको छ ।
ढलेका शिला पत्रमा जसो तासो शाहस गरेर सुनौलो अक्षरमा तिम्रो र मेरो मायाको बारेमा केहि शब्द कोर्ने दुस्साहस गरेको छु । यो पत्र लेखेर तिम्रो मन दुखाउन खोजेको चाही कति पनि होइन, बस मेरो मनको बह पोख्दै छु, यो सेतो कागजमा, प्रिय भन यो मन जान्दैनन्, निष्ठुरी भन यो मन मान्दैनन् । “अझै पनि यो मुटु, यो ढुकढुकी तिम्रो नै लागी धड्कने गरेको छ तारा ।”
(?) प्रश्न बाचक जस्तो बनिदियो जिन्दगी, जताततै प्रश्न बाचक मात्रै देखिन्छ ।
बागलुङ बजारको नेपाल टेलिकमको अगाडि रहेको एउटा घरको कोठामा बसेर यो कथा लेख्दै छु । ‘चरिले त छाडेर गैगयो सम्झन त डाली मै रहिरह्यो…’
लामो सास फेर्दै,

शिब बोहोरा

बाहिरा रात छ, बादल बिनाको आकाशमा ताराहरु चम्केका छन् । तर धेरै माथि पहाडमा जहाँ बसोबास छैन, त्यहाँ दर्जनौं बत्तीहरु चम्किरहेका छन, झिल्मिलाइएका छन् र नाचिरहेका छ । “एउटा भुताहा गाउँ ? अर्को दोस्रो ताराहरुको आकाश ? ति थिए कृतिम हिउँ बनाउने मेशिनजरु, जसले नभएको हिउँलाई सम्म पार्छ । कृतिम हिउँ जस्तै बन्यो हाम्रो सम्बन्ध पनि । हिउँ जस्तै गल्दै छ यो ज्यान ।
आज लुम्बिनी, कालापानी, लिपुलेक, लिम्पियाधुरा, सगरमाथाहरु अरुले हाम्रो हो भनि दाबी गर्दा हाम्रो देश चुपचाप सहेर बसेको छ । म पनि त्यस्तै भएको छु, आज तिमीलाई पराइले “तारा” मेरो हो भनेर दाबी गर्दा म चुपचाप सहेर बसेको छु ।
अहो, फेरि अर्को मुटु चुँड्ने दिनले हामीलाई स्पर्श गरिसकेछ । समय कति बेगवान छ है, तिमीसँग भौतिक रुपमा टाढिएको पनि बर्षौ बितेछ । हिजो आज त चिठीपत्र टेलिफोन इमेल सबै सबै बन्द भए । तर झझल्कोमा अझै पनि तिमी नै तिमी छौ । सत्य, समयका कैयौ झरी असिनाले पखाल्दा चुट्दा पनि सम्झनाका तस्बिरहरु खुइलिएनन् ।
कति कति गाह्रो छ, कति कति मुस्किल छ सम्झनाको खेल पनि । नसम्झु जिउन मुस्किल, सम्झु बाँच्न झनै मुस्किल । भन्न त भन्छु, आफुलाई सम्हालु रोकु अनि बिगत चट्ट भुलेर अगाडि बढु । तर जब जब त्यस्ता प्रेमिल साँझहरु दोहोरिन्छन अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ, सम्झन मन लाग्छ । त्यसो त पुरै जिन्दगी हराएर, कर्तब्य हराएर तिमीलाई सम्झेको हैन । तर जब पुरै जिन्दगी बिर्सेर कर्तब्य भुलेर आफैसँग रमाउन खोज्छु तब तिमी मसँग हुन्छौ ।
स्वर्णिम कति अमिल्दो छ हैन ? सामाजिकताको दह्रो खम्बा समाएर उभिएकी तिम्री स्वप्निल एकान्तमा कर्तब्य भुल्छे, जिन्दगी भुल्छे र तिमीसँग रमाउछे । चेतनामा म यी सब भुल्दिन तर कहिले काँही के त्यस्तो तन्द्रा छाउँछ कुन्नि ?
कहिलेकाँही आफ्नो बडो माया लागेर आउँछ । लाग्छ, पलपल तड्पेर कति दगुर्नु समाज र संस्कारको पछाडी ? त्यसो त अब अल्लारे रहेनौ हामी । अतः पारिवारिक कर्तव्य भुलेर प्रेमकै खातिर जिउज्यान अर्पन सुहाउदैन । म अनि तिमी भेटिनुको गन्तव्य भेटिनुमै हाम्रो प्रेमको जीत छैन । हाम्रा आफ्नाहरूबाट अलग्गिएर छुट्टिएर प्राप्त भएको प्रेममा न त तिमी खुसी हुन सक्छौ न त म नै । भन्न त भन्छन– पहिले आफ्नो बारेमा सोच्नु पर्छ । तर आफ्नो एकतर्फी खुसीका लागि नाता सम्बन्ध परिवेश लत्त्याएर म केहि सोच्न सक्दिन । र तिमी पनि सक्दैनौ ।

तिम्रो पर्खाइमा
शिब बोहोरा

२०७७ जेठ ४ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here