लियो क्लब अफ बागलुङ कालिगण्डकीको अध्यक्षमा कार्की चयन

बागलुङ, ८ असार । लियो क्लब अफ बागलुङ कालिगण्डकीको अध्यक्षमा विनोद कार्की चयन हुनुभएको छ । क्लबको आईतबार अधिवेशनबाट वर्ष २०२६/२७ को लागि कार्कीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो ।

लियो क्लब अफ बागलुङ कालिगण्डकीको प्रथम उपाध्यक्षमा सिद्धान्त आचार्य, द्धितिय उपाध्यक्ष सुरेन्द्र शर्मा, तृतीय उपाध्यक्षमा विरेन्द्र सापकोटा, सचिवमा अनुस्का खत्री, कोषाध्यक्षमा सिर्जना खड्का, सहसचिव बेबिना सापकोटा र सहकोषाध्यक्षमा पुजन थापा चयन हुनुभएको छ ।

अधिवेशन तथा पदस्थापना कार्यक्रममा लायन अनुप रिजाल, नारायण आचार्य, सुवास पन्त र सन्जय श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लियो क्लब अफ बागलुङ कालिगण्डकीले बागलुङमा सेवाका गतिविधिका साथै मित्रता कार्यक्रम, नेतृत्व विकास कार्यक्रम, र युवाहरुको क्षेत्रमा काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले आफ्नो कार्यक्रममा नयाँ परियोजनाहरू, प्रभावकारी सामाजिक सेवा गतिविधिहरू र अर्थपूर्ण कार्यहरू सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।