काठमाडौं, २३ बैशाख ।
नेपालमा कोभिड–१९ संक्रमितको संख्या ८२ पुगेको छ ।
बाँकेको नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ८२ पुगेको हो । नयाँ ७ जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ४ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको बताए । संक्रमित मध्ये ६२ पुरुष र २० महिला रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here