काठमाडौं, २२ बैशाख ।
नेपालसहित दक्षिण एशियाका आठ देशमा अहिलेसम्म कोभिड-१९ संक्रमितको संख्या ७५ हजार पुगेको छ । दुई हजार भन्दा बढीको ज्यान गइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध ८ देशमा हालसम्म ७५ हजार ९७० जना संक्रमित भएका छन् । २२ वैशाखसम्म मृतकको संख्या दुई हजार ९२ पुगेको छ । १७ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् ।
सार्कको ‘प्रकोप व्यवस्थापन केन्द्र’ द्धारा कोभिड-१९ सम्बन्धी सूचना आदान-प्रदान गर्नका लागि सञ्चालनमा ल्याइएको वेबसाइट covid19-sdmc.org मा जनाइएअनुसार सबैभन्दा धेरै संक्रमित र मृतक भारतमा छन् । त्यसपछि क्रमश: पाकिस्तान र बंगलादेशमा छन् । भारतमा एक हजार ३७३ जनाको मृत्यु भएको छ भने पाकिस्तानमा ४६२ र बंगलादेशमा १७७ जनाले ज्यान गुमाएका छन् ।
कोभिड-१९ बाट हालसम्म एक जनाको पनि ज्यान नगुमाउने देशको सूचिमा दक्षिण एशियामा नेपाल र भुटान कायमै छन् । दुवै देशमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित पनि देखिएका छैनन् । हालसम्म नेपालमा ७५ जना संक्रमित भएकोमा १६ जना निको भइसकेका छन् भने भुटानमा सात जना संक्रमित भएकोमा पाँच जना निको भइसकेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here