काठमाडौं, २१ वैशाख ।
बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
भने हालसम्म कोरोना उपचारपछि १६ जना निको भएर घर फर्किएका छन् । साथै उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here