आज २०७७ साल वैशाख १९ गते शुक्रवारको राशिफल

आज २०७७ साल वैशाख १९ गते शुक्रवार,
तदअनुसार मे १, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

तपाइको आज
मेष
आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

वृष
आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

मिथुन
आज नयाँ कर्यको योजना या थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथपनि मिल्नेछ ।

कर्कट
सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

सिंह
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

कन्या
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

तुला
आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न
हुनसक्छ ।

वृश्चिक
आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

धनु
आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ नमिल्ला । सामान हराउनपनि सक्छ ।

मकर
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वासपनि जाग्नेछ , तर व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ ।

कुम्भ
ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

मीन
आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनीपनि हुनेछ ।

hamropatro.com

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here