
अर्जुन कार्की
बागलुङ, ८ फागुन
प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेशको भारात्तोलनको छनौटमा कास्कीले ७ र बागलुङले १ स्वर्ण पदक प्राप्त गरेका छन् ।
बुधबार बागलुङमा भएको छनौटमा महिला तर्फको ४९ केजी समुहमा बागलुङकी मनकुमारी रानाले स्वर्ण पदक प्राप्त गरेकी छिन् । यस्तै महिला तर्फको ५१ केजी समुहमा कास्कीकी टिकामाया गुरुङ, ६४ केजी समुहमा कास्कीकी मनिसा श्रेष्ठ र ७१ केजी समुहमा कास्कीकी पुनम परियारले स्वर्ण पदक प्राप्त गरेका छन् ।

यस्तै पुरुष तर्फको ६१ केजी समुहमा कास्कीका पुस्कल थापा र ८९ केजी समुहमा कास्कीका भोजबहादुर भुजेलले स्वर्ण पदक प्राप्त गरेका थिए ।
६७ केजी समुहमा कास्कीका धनबहादुर झाँक्रीले स्वर्ण पदक प्राप्त गरेभने नवलपुरका अविशेष पौडेलले रजत पदक प्राप्त गरेका छन् । यस्तै ६३ केजी समुहमा रजत धेवाजुले स्वर्ण पदक प्राप्त गर्दा बागलुङका दिपक पुनले रजत पदक प्राप्त गरे । पुरुष तर्फकै ८१ केजी समुहमा कास्कीका भरत गौदार श्रीसले स्वर्ण पदक प्राप्त गरेभने बागलुङका पदम बहादुर थापाले रजत पदक प्राप्त गरे ।

छनौट प्रतियोगितामा बागलुङ, कास्की र नवलपुरका खेलाडीहरु सहभागि भएका थिए ।
उक्त प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै संघिय सांसद मनकुमारी जिसीले खेलकुदले युवापुस्तालाई अनुशासन र दुव्र्यसनीबाट टाढा राख्ने भएकाले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताइन । सांसद जिसीले खेलकुद मार्फत खेलाडीहरुले देशको नाम विश्वभर फैलाउने भएकाले अब खेलाडीहरुको भविश्यको बारेमा सरकारले प्राथमिकतामा राख्दै काम गर्ने बताइन ।

उक्त कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको भएको उक्त कार्यक्रमको स्वागत सदस्य कमला श्रीस र संचालन क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।
उक्त क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठलाई गृह जिल्लामा सम्मान गरिएको थियो ।

जिल्लाबाट क्षेत्रिय खेलकुदको अध्यक्ष हुन सफल भई जिल्लाको गौरव बढाएको भन्दै जिल्ला भारात्तोलन संघ बागलुङले सम्मान गरेको हो । श्रेष्ठ सितोरीयो कराँतेका पूर्वराष्ट्रिय खेलाडी र भारात्तोलनका समेत पूर्वखेलाडी हुन ।









