
बागलुङ, २६ पुस
धौलागिरि अञ्चलकै सबैभन्दा पुरानो सामुदायिक बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङका बिद्यार्थीको लागि शुद्ध पानी खुवाउने उदेश्यले निर्माण भएको खानेपानी ट्याङ्की को एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।
बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङका पुर्ब बिद्यार्थी समाजसेवी मन्दिरा श्रेष्ठले आफ्नो २ लाखको लगानीमा निर्माण गरेको खानेपानी ट्याङ्कीको उद्घाटन गर्दै बिद्यालयमा पढ्ने बिद्यार्थी लाई पानी खुवाउन पाउँदा आफुलाई खुशी लागेको बताए ।
हिजो सम्म अशुद्ध र फोहोर पानी पिउन बाध्य बिद्यालयमा अध्ययन गर्ने १२ सय जना बिद्यार्थी युरो गार्डबाट शुद्ध गरेको पानी पिउन पाएपछि यतिबेला खुशी भएको बिद्यार्थी गौतमले बताए ।
भुकम्प पछि पुनर्निर्माण गरिएको अन्चलकै जेठो बिद्यालय यतिबेला फेरि एकपटक फेरि जागरूक बनेको बिद्यालयमा अध्ययन गर्ने पुर्ब बिद्यार्थीको सहयोगमा शुद्ध खानेपानी खुवाउन काम सफल भएको बिद्यालयका प्रधानअध्यापक जगन्नाथ आचार्यले बताए ।
बाल कक्षा देखि १२ कक्षासम्म पढाइ हुने यश बिद्यालय बिद्यार्थीलाई आकर्षित गर्न बालकक्षामा पढ्ने बालबालिकालाई निशुल्क खाजाको ब्यबस्था गरेपछि बिद्यार्थी ह्वात्तै बढेको छ ।










