
बागलुङ, २४ पुस ।
नेपला विद्यालय खेलकुद संगठनको व्यवस्थापनमा यहि पुस २२ र २३ गते पोखरामा भएको कबड्डी प्रतियोगितामा बागलुङ कबड्डीले स्वर्ण पदक प्राप्त गरेको छ ।
भारत र नेपालका गरी ७ टिमले भाग लिएको प्रतियोगिताको फाइनल खेलमा बागलुङले भारतको हरियाना प्रदेशलाई २७–२३ अन्तरले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेको बागलुङ कबड्डीका प्रशिक्षक सन्दिप पन्तले जानकारी दिनुभयो ।
प्रतियोगितामा भारतका ५ प्रदेशका ५ टिम, नेपालको पोखरा र बागलुङको टिमले भाग लिएका थिए ।










